असार ९,हेटौंडा।मकवानपुर प्रहरीले हेटौंडामा बेवारिसे अवस्थामा एउटा स्कुटर फेला पारेको छ। वडा प्रहरी कार्यालय सानोपोखराबाट खटिएको प्रहरीको गस्ती टोलीले शुक्रबार साँझ हेटौंडा उपमहानगरपालिका-५ सानोपोखरा चोकमा बेवारिसे अवस्थामा स्कुटर फेला परेको हो।
चोक छेउमा पार्किङ गरिराखेको ना५२ प ३७५४ नम्बरको आकाशे निलो रङ भएको टिभिएस कम्पनीको स्कुटर राती अबेरसम्म पनि कसैले नलगेपछी वडा प्रहरी कार्यालय सानोपोखरा लगिएको प्रहरी निरिक्षक दाताराम अधिकारीले जानकारी दिए।
स्कुटर धनी अझसम्म सम्पर्कमा नआएकोले उक्त सवारीधनिको बारेमा टिभिएस कम्पनिमा जाँचबुझ गरिरहेको उनले बताए।
स्कुटर धनीलाई कागज प्रमाणसहित सम्पर्क गर्न वडा प्रहरी कार्यालयले अनुरोध गरेको छ।



