साउन ४,हेटौंडा ।हेटौंडामा आलिबाट लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार बिहान ११ बजेको समयमा
हेटौडा-१८ हर्नाफाँट बस्ने ७१ वर्षिय प्रेमबहादुर तुम्सिङको खेतको आलिबाट लडेर मृत्यु भएको हो।
मकवानपुर प्रहरीका अनुसार तुम्सिङ आफ्नो घर देखी ५०० मिटर पुर्बतर्फ छिमेकिको खेतको आलीबाट लडि हिलोमा घोप्टो अवस्थामा मृत भेटिएका हुन्।
घटनासम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।



