साउन १२,हेटौंडा ।वागमती प्रदेशको राजधानी हेटौंडामा प्राविधिक विषयतर्फको छनौट परिक्षा दिईरहेका ५ जना नक्कली परिक्षार्थी पक्राउ परेका छन्। प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद सानोठिमी भक्तपुरद्वारा संचालित डिप्लोमा प्रमाणपत्र तहको वर्गिकृत छात्रवृत्ति परिक्षामा हेटौंडा-४ स्थित भुटनदेवी मावी परिक्षाकेन्द्रबाट ४ जना र, हेटौंडा-२ स्थित सिद्धार्थ मावि परिक्षा केन्द्रबाट १ जना नक्कली परिक्षार्थी पक्राउ परेका मकवानपुर प्रहरीले जनाएको छ।
भुटनदेवी परीक्षा केन्द्रबाट पक्राउ पर्नेमा बाराको परवानिपुर नगरपालिका-२ बस्ने वर्ष २० का नरेन्द्र महतो,सर्लाहिको विष्णु गाउँपालिका-७ बस्ने वर्ष १८ का राजिवकुमार राउत, रौतहटको गरुडा नगरपालिका-२ बस्ने लालबाबु सहनी र चितवनको भरतपुर महानगरपालिका-८ बस्ने एकजना १५ वर्षिय नाबालक छन्।त्यस्तै सिद्धार्थ माविबाट पक्राउ पर्नेमा धनुषा उपमहानगरपालिका–१२ का २० वर्षीय रमेश यादव छन्।
प्रहरीका अनुसार शनिबार बिहान भुटनदेवि परिक्षाकेन्द्रमा चलिरहेको परिक्षामा बाराका महतोले रौतहट घर भएका बर्ष १९ का असाब आलमको सट्टामा, चितवनका नाबालकले सोही ठाउँका बर्ष १८ को निमेश राय यादवको सट्टामा,सर्लाहीका राउतले सिराहा घर भएका बर्ष १८ को ललनकुमार यादवको सट्टामा र,रौतहटका सहनीले सर्लाही घर भएका बर्ष १८का सुनिल महतोको सट्टामा परिक्षा दिईरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो।त्यस्तै, रौतहटको गरुडा नगरपालिका–२ का १८ वर्षीय लालबाबु सहनीले सर्लाहीका १८ वर्षीय सुनिल महतोको नाममा परीक्षा दिइरहेका थिए । यता सिद्धार्थ मावि परीक्षा केन्द्रबाट पक्राउ परेका धनुषाका २० वर्षीय रमेश यादवलाई शंका लागेर सुरक्षा जाँच गर्दा बाराको पचरौता गाउँपालिका–५ का राकेशकुमार ठाकुरको नाममा परीक्षा दिइरहेको अवस्थामा पक्राउ परेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय