पुस २६,निजगढ। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने रिहाईको खुसियालीमा रास्वपा जिल्ला समिति बाराले दीप प्रज्वलन गरेको छ।
समितिले जिल्ला अदालत कास्कीको आदेशपछी न्यायालयमाथी आम जनताको विश्वास बढेको भन्दै कलैयास्थित भरतचोकमा मैनबत्ती बाली एकआपसमा खुसियाली मनाएको हो।
सो अवसरमा रास्वपा जिल्ला सभापति चन्दनकुमार स्वर्णकार,मधेश प्रदेश सदस्य भुलेन्द्र कुशवाहा, जिल्ला सदस्य कृष्णकुमार गुप्ता,बारा क्षेत्र ३ का सभापति भोला साह कानु, महागढिमाई नगरपालिकाका संयोजक बिक्रमप्रसाद यादव, सभापतिका उम्मेदवार आदित्य मेहता, कलैया १२ का सभापति लालमुकेश ठाकुर लगायत राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सदस्य शुभेच्छुक तथा शुभचिन्तकहरुको बाक्लो उपस्तिथि थियो।
पोखराको सुर्यदर्शन सहकारीको बचत रकम अपचलन आरोपमा ८४ दिनसम्म कास्की हिरासतमा रहेका पार्टी सभापति लामिछाने जिल्ला अदालतको आदेशपछी ६५ लाख धरौटी बुझाएर बिहिवार साँझ रिहा भएका छन्।



