पुस२९,हेटौंडा।मकवानपुरको वागमती गाउँपालिका-८ स्थित धनसाईमा एक भारतिय नागरिकको हिँड्दाहिँड्दै ढलेर मृत्यु भएको छ।
भारतको मोतिहारी जिल्ला, ग्राम पन्चायत १२ थाना घर भई वागमती-८ स्थित फापरबारीमा डेरा गरी बस्ने अन्दाजी वर्ष ५५ का शिवबालक चमारको हिँडिरहेको बेला अकस्मात ढल्न पुगी ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
चमार सोमवार अपरान्ह ३ बजे धनसाई डाँडास्थित बाटोमा हिँडिरहेको अवस्थामा एक्कासी ढल्न गई बेहोस भएका थिए।
खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी नायव निरीक्षक रामशरण दुलालको कमाण्डमा खटिएको टोलिले उनलाई उपचारार्थ हेटौंडा अस्पताल पठाएको थियो।
अस्पताल पुग्नासाथ चिकित्सकले उनलाई ४ बजेर २५ मिनेट जाँदा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
शव हाल सोही अस्पतालमा रहेको र थप अनुसन्धान कार्य भईरहेको पनि प्रहरीले जनाएको छ।



