फागुन२०,हेटौंडा।हेटौंडामा अनौठो किसिमको सांगीतिक कार्यक्रम हुने भएको छ।

सयजना संगीतकर्मीहरुले एकसाथ गाउने र बजाउने कार्यक्रम गर्न लागिएको मिस्टर नेपाल २०२४ का सेकेन्ड रनरअप बन्न सफल हेटौंडाका आयुष बम्जनले बताएका छन्।

‘म्युजिक फर कज,फर मेन्टल हेल्थ वेल बिईङ’ अर्थात मानसिक स्वास्थ्यका लागी संगीत शीर्षक राखेर अनौठो अनि रमाईलो कार्यक्रम गर्ने तयारी अन्तिम चरणमा पुगेको बम्जनले पत्रकार सम्मेलन आयोजना गरि जानकारी दिएका हुन्।

संगीतले मानिसलाई बेग्लै आनन्द दिने भएकाले मानिसभित्र रहेको सुषुप्त मानसिक समस्यालाई संगीतमार्फत हल गर्न सकिने उनको बुझाई छ।

कार्यक्रम आउँदो फागुन २४ गते शनिवार हेटौंडा-५ स्थित पिप्ले क्याम्पा रंगशालामा आयोजना हुनेछ।

बम्जनकाअनुसार कार्यक्रममा राष्ट्रिय गान सयौं थुङगा फुलका सहित विभिन्न कलाकारहरुले गाएका चर्चित ५ गीतहरु१०० जना संगीतकर्मीहरुले एउटै स्वरमा गाउने र बजाउने छन्।

र, यस्तो खाले कार्यक्रम नेपालमै पहिलोपटक आयोजना गर्न लागिएको उनको दाबी छ भने कार्यक्रममा गाईएको गीतसंगीतलाई आकर्षक ढंगले श्रव्यदृश्य बनाई राष्ट्रिय र अन्तरास्ट्रियरुपमै प्रचार प्रसार गरी हेटौंडालाई संगीतमार्फत पनि परिचीत गराउने योजना रहेको उनले बताए।

कोरोना कालमा कतै केही गर्न नपाईने अवस्थामा पनि संगीत सुनेरै मुड फ्रेस भएको र नयाँ काम गर्ने उर्जा मिलेको बताउँदै संगीत मार्फत नै सबैको मानसिक स्वास्थ्य तन्दुरुस्त बनाउन सकिन्छ भन्ने अवधारणा आफुमा विकास भएको उनको भनाई छ।

कार्यक्रमको प्रायोजकका रुपमा कसैलाई नजोडेपनी उनिहरुलाई उत्तरदायी बनाउन संगीतकर्मीसँग भने प्रती व्यक्ति २ सय रुपैयाँका दरले उठाईने र त्यसवापत प्राप्त भै बचेको रकम हेटौंडा-१५ मा अवस्थित एक बृद्वाआश्रममा सहयोग गर्ने पवित्र लक्ष राखेको पनि उनले बताएका छन्।

हेटौंडा बाहिरका संगीतकर्मीहरुलाई एकदिनको लागी खान बस्न भने हेटौंडा उपमहानगरपालिकाले व्यवस्थापन गर्ने उनले बताए।

कार्यक्रममा १९७४ एडिको यो मन त मेरो नेपाली हो,नेपथ्यको यो जिन्दगानी,सविन राईको नमुना र अल्ब्राट्रोस ब्याण्डको निश्चल बोलको गीत सामुहिक रुपमा गाउने तयारी गरिएको छ।

शनिवार मध्याह्न १२ बजेदेखी शुरु हुने कार्यक्रममा हेटौंडासहित काठमाडौ,चितवन,बारा,पर्सा,सर्लाही र ओखलढुंगाका संगीतकर्मीहरुको प्रस्तुति रहने जनाईएको छ।  कार्यक्रममा प्रवेश निशुल्क गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय