जेठ१०,निजगढ। बाराको निजगढ नगरपालिका-१३ नम्बर वडा कार्यालयले आज निशुल्क १ दिने स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ।
“चिकित्सकको परामर्शबाट मात्र औषधि सेवन गरौं,जथाभावी औषधिको सेवनबाट बचौं,बचाउँ र स्वस्थ रहौँ” भन्ने मूल नाराका साथ भक्तलालस्थित वडा कार्यालयको प्राङ्गणमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।
निजगढ-९स्थित सामुदायिक अस्पताल र निजगढ तिलगंगा आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको शिविरमा सामुदायिक अस्पतालले २२१ जनाको स्वास्थ्य परीक्षण र तिलगंगा आँखा अस्पतालले १५० जनाको आँखा परिक्षण गरेको थियो।
१५० जना मध्ये ५ जनामा मोतियाविन्दु र अन्य दुई जनामा आँखाको नानीमा मासु पलाएकोले अपरेसन गर्नुपर्ने आँखा चिकित्सकले बताएका छन्।
मोतियाविन्दुको भोलि निजगढस्थित तिलगंगा सामुदायिक आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया हुने चिकित्सकले बताएका छ्न्।
शिविरमा दक्ष चिकित्सकहरुद्वारा स्त्रीरोग, पत्थरी, मुटुरोग,पेटरोग,ब्लड प्रेसर,सुगर,मुत्ररोग,हाडजोर्नी,बालबालिका सम्बन्धी रोगको परिक्षण गर्नुका साथै आँखाको चेकजाँच र परामर्श गरि औषधी समेत प्रदान गरिएको वडाअध्यक्ष सूर्य घलानले जानकारी दिए।



