असार८,निजगढ। मेची–माहाकाली बुहारी संयुक्त आवाज बाराले निजगढमा लागूऔषध दुर्व्यसनविरुद्ध २ दिने सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

निजगढ नगरपालिकाको कार्यपालिका लक्षित कोषबाट बिनियोजित १ लाख रुपैयाँ रकमबाट २दिने सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको बुहारी आवाज बाराकी अध्यक्ष चन्द्रीका मगरले जानकारी दिईन्।

हिजो शनिवार नगरप्रमुख सुरथ पुरीले गमलामा जल सिंचन गरि उद्घाटन गरेका कार्यक्रमको समापन आज वडा नम्वर८ का वडाध्यक्ष स्वर्ण लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको मगरले बताईन्।

उद्घाटन कार्यक्रममा वडा नम्वर ७ का अध्यक्ष टेकबहादुर लामा,८ का अध्यक्ष स्वर्ण लामा,कार्यपालिका सदस्यहरु मनमाया तामाङ,मिना चौरेल,शर्मिला बिक तथा संयुक्त बुहारी आवाज बाराका सबै सदस्यहरुको उपस्थिति थियो। कार्यक्रमका लागि कार्यपालिका सदस्य मनमाया तामाङले बजेट छुट्याएकी हुन्।

ईलाका प्रहरी कार्यालय प्रमुख प्रहरी निरीक्षक जीवन लामिछाने र प्रहरी सहायक निरीक्षक खड्गबहादुर खड्काले सहभागी विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा युवावर्गमा लागूऔषध दूर्व्यसनको बढ्दो प्रयोग र जोखिम,कानुनी, सामाजिक र स्वास्थ्यमा पर्ने प्रतिकुल असरका बारे जानकारी गराईएको प्रशिक्षक लामिछानेले बताए।

निजगढ-७ स्थित नेत्रोदय माविमा आयोजित कार्यक्रममा दुईदिन गरेर १७५ जना विद्यार्थी सक्रियरुपमा सहभागी भएका बुहारी आवाज बाराकी सचिव उषा लामा मोक्तानले बताईन्।

कार्यक्रममा विभिन्न बिद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक लगायत स्थानीय सरोकारवालाहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो।

बुहारी आवाजले युवाहरूलाई दूर्व्यसनको बाटोमा जानबाट जोगाउन यस्ता सचेतनामूलक कार्यक्रमलाई अझ सशक्त ढंगले विस्तार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय