असार२६,हेटौंडा।मकवानपुरको हेटौंडा-१०स्थित गोरक्षेश्वर मन्दिरबाट १ ग्राम १६० मिलिग्राम लागूऔषध खैरो हिरोईनसहित २ जना पक्राउ परेका छन्।

हेटौंडा-१० का ३३ वर्षिय शनि रानाभाट र हेटौंडा-११ का २९ वर्षिय सरोज बानियाँ ५८०/५८० मिलिग्राम खैरो हिरोईनसहित पक्राउ परेका प्रहरीले जनाएको छ।

विहिवार विहान ९ बजेतिर लागूऔषध कारोबार भईरहेको छ भन्ने विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट थानाभर्‍याङबाट खटिएको प्रहरी टोलीले गोरक्षेश्वर मन्दिरबाट उनिहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।

रानाभाट र बानियाँलाई लागूऔषध कसुर मुद्धामा जिल्ला अदालत,हेटौंडाबाट ५ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको डिएसपी अर्यालले बताए।

प्रहरीले यसअघि पनि हेटौंडा-१७ स्थित अगांरेश्वर मन्दिर हाताबाट खैरो हिरोईनसहित दुईजनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय