असार२९,हेटौंडा। लामो समयदेखि साईकलको प्रयोग गरि वातावरण जोगाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै हिमालयन राइडर्स सोसाइटी,हेटौंडाले विभिन्न पेशामा आवद्ध ६ जनालाई सम्मान गरेको छ।

शनिवार हेटौंडामा आयोजित एक कार्यक्रममा २४ वर्षदेखि निरन्तर दैनिक कामकाजका निम्ति साइकल सवार गरिरहेका पत्रकार गोबिन्द न्यौपाने, ३० वर्षदेखि साइकलमा सवार हेटौंडा–६ रामनगर निवासी,स्कुल अफ मेनेजमेन्टमा कार्यरत आइतमान मुक्तान, १४ वर्षदेखि साईकल प्रयोग गरिरहेका सिटी कलेज,हेटौंडामा कार्यरत रामप्रसाद पोखरेल, सिटि कलेजका शिक्षक सिन्धुपाल्चोक चौताराका लक्ष्मण तामाङ, रिलायन्स सेकेन्डरी बोर्डिङ स्कुलमा अध्ययनरत् हेटौंडा–५ पिप्लेका दीक्षान्त सुवेदी र १४ वर्षदेखि साइकलमा सवार मकवानपुर क्याम्पसका प्राध्यापक हेटौंडा-४ का जयराम गौतमलाई सम्मान गरिएको हो ।

उनिहरुलाई हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, साइकल संस्कृति समुदाय नेपालका अध्यक्ष डा. तारालाल श्रेष्ठ र सोसाइटीका अध्यक्ष राजु थापा मगर लगायतले प्रशंसापत्रले सम्मान गरेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय