कार्तिक२७,हेटौंडा।मकवानपुर प्रहरीले विक्रीवितरण गर्न राखिएको भारी मात्राको लागूऔषध ट्रामाडोलसहित ५ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बकैया गाउँपालिका-१२ घर भई हेटौंडा-१५ बस्ने १९ वर्षिय अशोक स्याङतान,वडा नं. १७ बस्ने २० वर्षिय प्रवेश बराईली, वडा नं. ४ बस्ने बर्ष २० कै निशान कोईराला, वडा नं. १७ बस्ने बर्ष ३५ का बक्सर भनिने राजिव लामा र मकवानपुरगढी गाउँपालिका-२ बस्ने बर्ष २३ का दीपेश संजेल छन्।

उनिहरुलाई ८ हजार ३ सय पिस लागूऔषध ट्रामाडोलसहित हेटौंडा-५ सानोपोखराबाट नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

विहिवार विहान १० बजे सानोपोखरामा लागूऔषध कारोबार भईरहेको छ भन्ने सूचानको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषधसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले जानकारी दिए।

बोगटीका अनुसार उनिहरुले बिक्रिबितरणका लागी खाली जगामा उक्त लागूऔषध लुकाईछिपाई राखेका थिए।

उनिहरुले प्रयोग गर्ने ना.३२ प ३२४४ र बा.प्रदेश ००५ प १८५ नं. को मोटरसाईकल समेत बरामद गरी जिल्ला अदालत हेटौडाबाट लागूऔषध कसुर मुद्धामा म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको डिएसपी बोगटीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय