मंसिर१०,निजगढ।बाराको निजगढ नगरपालिका–७ योजना टोलका २७ वर्षीय मुकेश दर्लामी लागूऔषधसहित पक्राउ परेका छन्।

दर्लामी महोत्तरीको बर्दिवास नगरपालिकास्थित महेन्द्र राजमार्गको भब्सीपुल नजिकैबाट लागूऔषध ट्रामाडोलसहित ईलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी सहायक निरीक्षक कुलराम चौधरी तथा लागूऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिवासका प्रहरी नायब निरीक्षक सरोजकुमार अधिकारीको नेतृत्वमा खटिएको टोलीले पक्राउ गरेको हो ।

शंकास्पद देखिएका दर्लामीलाई रोकेर जाँच गर्दा उनले बोकेको झोलामा कालो प्लास्टिकभित्र लुकाइछिपाइ राखिएको ३ सय पत्ता (३ हजार पिस) ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ ।

बरामद लागूऔषधसहित पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय बर्दिबासमा बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय