मंसिर१५,काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको समाचारमा सञ्चार माध्यमहरुले प्रयोग गरेको तस्विर उनको बुवा रामनारायण साहको नभएको पाईएको छ।
मेयर साहका पिता रामनारायण शाहको निधन भएको भन्दै मुलधारका भनिएका सञ्चारमाध्यमहरुले समेत छापेको तस्विर रामनारायण साहको नभई र्यापर यम बुद्व(अनिल अधिकारी)का पिताको भएको पाईएको हो।
राप्रपा नेतृ खुस्बु ओलीले उक्त तस्विरको गलत प्रयोग भएको प्रती सामाजिक सञ्जालमा आपत्ति जनाएकी छिन्।
उनले “उक्त तस्विर मेरो सानुबुवा अर्थात स्वर्गीय र्याप गायक यम बुद्धका पिताको हो।” उल्लेख गरेकी छिन्।
खुस्बुले कपि पेष्ट पत्रकारिता बन्द गरौँ।गलत सुचना र फोटोको प्रयोग पत्रकारिताको बिश्वसनियतामाथी प्रहार हो लेखेकी छिन्।
मेयर साहका पिता रामनारायण साहको आज केहीबेरअघि नयाँ बानेश्वरको सिभिल अस्पतालमा निधन भएको जनाईएको छ।
उनलाई हिजो बिहान बेहोसी अवस्थामा नै अस्पताल पुर्याइएको थियो। साहलाई मधुमेहको समस्या भएको र पिसाब संक्रमणका कारण निधन भएको चिकित्सकले जनाएका छन्।



