पुस १७ काठमाडौं।माइतीघर मण्डलामा नौ दिनदेखि आमरण अनशन बसेका निकोलस भुषालको स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि वीर अस्पताल पुर्याइएको छ।
बुधवार दिउँसो भुषालको स्वास्थ्यमा समस्या आएपछि उनलाई वीर अस्पताल पुर्याइएको हो। उनको उपचारका लागि चिकित्सक संघले पहल गरेको हो।

उनलाई अस्पतालमा भर्ना गरेर उपचार प्रक्रिया सुरु गरिएको अस्पतालले जानकारी दिएको छ।
उनको रक्तचाप घट्नुका साथै सुगर पनि घटेको छ भने मुटु र मिर्गौलालगायत अंगमा समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।




