बैशाख २८,हेटौंडा। बैंकिङ कसुर मुद्दामा संलग्न भई फरार रहँदै आएकी एक महिलालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको विशेष टोलीले आईतवार साँझ करिब साँढे ५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, रजतजयन्ती चोकबाट ३६ वर्षीया चाँदनी साहलाई पक्राउ गरेको हो।

वारदात पश्चात लुकिछिपी बसिरहेको अवस्थामा फेला पारिएकी साहलाई नियन्त्रणमा लिएपश्चात आवश्यक स्वास्थ्य परीक्षण गरी हाल जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय