३० भदौ, जलेश्वर । महोत्तरीको जलेश्वर नगरपालिका–८ बजराही गाउँको पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय पंकज ठाकुरका छोरा चार वर्षीय प्रिंसराज ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए । आफ्नै घर अगाडि खेल्दै गरेका बालक प्रिंसराज अचानक घरकै सामुन्नेमा रहेको चौधरी पोखरीमा रहेको पानीमा पुगेपछि उनको सोही पोखरीमा डुबेर आज मृत्यु भएको हो ।
घर बाहिर खेल्दै गरेका बालक नदेखिएपछि गाउँ टोलमा चारैतिर खोजतलाश गरेको र अन्तःमा पोखरीमा मृतावस्थामा फेला परेको थियो ।



