३० भदौ, काठमाडौं। प्रहरी वृत्त, महाराजगञ्जले दुर्लभ वन्यजन्तु सुनौलो रंगको कछुवासहित ६ जनालाई पक्राउ गरेको छ । महाराजगञ्जका डीएसपी अमरबहादुर थापा क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ३५ लाख रुपैयाँमा किनबेच गर्न लागेको अवस्थामा ६ जनालाई पक्राउ गरेको काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए ।
उनका अनुसार, पक्राउ पर्नेमा काभ्रेका जयराम घिमिरे, रहर तामाङ,सुदर्शन राई, नारायण थामी र रुपक बस्नेत तथा उदयपुरका राजकुमार राई छन् ।
उनीहरुले टोखा–५ मा रहेको सुनकोशी क्याफेमा बसेर कछुवा बिक्री गर्न खोजेका थिए । पक्राउ परेका ६ जनालाई जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको ढुंगेलले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय