३० भदौ, काठमाडौं। विरोधका थुप्रै उपायबारे तपाईँहरुलाई थाहै होला। कोही प्रदर्शन गर्छन्, नारा लगाउँछन्, धर्ना बस्छन्, अनसन बस्छन्। अलि आँटिलो भए आमरण अनसनै बस्छन्। कसैकसैले हाकिमको कार्यकक्षमा तालाबन्दी गर्छन्।तर काठमाडौको रत्न राज्य क्याम्पसमा अखिल क्रान्तिकारीले ट्वाइलेटमा तालाबन्दी गरी बिरोध गरेका छन् ।
ट्वाइलेटमा ताला लगाएर टाँसिएको सूचनामा “विद्यार्थीका वृहत्तर हित र अधिकारको रक्षा र प्रचलन सुनिश्चिताका निम्ति यस क्याम्पस प्रशासनको शौचालयमा तालाबन्दी गरिएको छ । छात्रवृत्ति न्यायोचित ढंगले पाउने अवस्था नबनेसम्म तथा तपशिल बमोजिमका मागहरु पुरा नभएसम्मका लागि तालाबन्दी यथावत रहनेछ,। भनेर लेखिएकोे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय