भदौ ३०,रौतहट । रौतहटमा ट्रकचालकले बदनियतपूर्ण ढंगले मारेको भन्दै ट्रक चालकमाथी  स्थानीयले निर्घात कुटपिट गरि घाईते बनाएकाछन्। आइतबार रौतहटको  सन्तपुर चोकमा ना५ ख ३४५१ नम्बरको ट्रकले फतुवा बिजयपुर नगरपालिका १ घुसकपुरका उमेश यादवले चलाएको मोटरसाईकललाई ठक्कर दिएको थियो।यादबको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी दामोदर केसिले जानकारी दिए।

घटना हुनेबितिक्कै स्थानियको एक हुलले यादवलाई ट्रक ब्याक गरि मारेको भन्दै चालकलाई भाँटा लठ्ठिले लखेटी लखेटी आक्रमण गरेका थिए। प्रहरीले तत्काल चालकको उद्वार गरि अस्पताल लगेको केसिले बताए।स्थानियको भिडले आक्रमण गर्न थालेपछी अवस्था तनावग्रस्त बनेको थियो। स्थितिलाई नियन्त्रणमा लिन  ४ राउन्ड “हवाइ फायर” पनि गर्नु परेको डिएसपी केसिले समाचार क्लबलाई बताए।स्थानियले चालकमाथी गरेको आक्रमणको भिडियो अहिले सामाजिक सञ्जालमा भाईरल भैरहेको छ।

डिएसपी केसिले चालकले ब्याक गरि मारेको भन्ने आरोप निराधार रहेको बताए।”ट्रक र मोटरसाईकल एकआपसमा ठोक्किँदा यादव ट्रकको चक्कामुनी पेलिन पुगेछन्, घटना स्वभाविक दूरघटना हो; डिएसपी केसिले भने। अहिले मृतक यादवका आफन्तले शव बुझेर लगिसकेका छन्।ट्रक चालकको भने वीरगंजस्थित नारायणी अस्पतालमा उपचार भैरहेको र अवस्था सामान्य रहेको केसिले जानकारी दिए।

ट्रक चालक निजगढ नगरपालिका ६ का मुकुन्द पोखरेल रहेको खुलेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय