३० भदौ,रौतहट । रौतहटमा छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । रौतहटको कटहरिया नगरपालिका–५ सपहीका २५ वर्षीय सुनिल यादवको हत्या भएको हो । रौतहटका प्रहरी प्रवक्ता डीएसपी दामोदर केसीका अनुसार यादवलाई छिमेकी ५० वर्षीय रामबाबु साहले राति साढे ८ बजे घरमै पुगेर छुरा प्रहार गरेका थिए । बायाँ कोखमा छुरा प्रहारबाट गम्भीर घाइते उनलाई प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रवक्ता केसीले बताए ।
प्रहरीका अनुसार लामोसमयदेखि दुबै छिमेकमा एक आपसबीच विवाद र रिसिइबी रहेको थियो । शुक्रबार साँझ बच्चाको विषयमा विवाद हुँदा साहले घरमै पुगेर यादवलाई छुरा प्रहार गरेको प्रहरीले जनाएको छ ।
घटना लगतै प्रहरीले छुरा प्रहार गर्ने साहलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय