स्वतन्त्र मजदुर चालकसंघले रौतहटमा ट्रक चालक कुटिएको बिषयलाई लिएर शनिबार पूर्वपश्चिम राजमार्गस्थित बाराको निजगढमा चक्काजाम गरेका छन्।संघले शुक्रबार रौतहटको फतुवा बिजयपुरस्थित सन्तपुरमा भएको सवारी दुर्घटनाको बिषयलाई लिएर चालकमाथी भएको कुटपिटको बिरोध गर्दै शनिबार साँढे ३ बजेदेखी साँढे ५ बजेसम्म चक्काजाम गरेका स्थानीय खड्गराज मैनालीले जानकारी दिएका छन्।संघले चालकमाथी आक्रमण गर्नेहरुलाई पक्राउ गरि कार्वाही गर्नुपर्ने र प्रहरीकै अगाडि निर्घात कुटिँदा पनि प्रहरी मुकदर्शक बनेको भन्दै घटनास्थलमा उपस्थित प्रहरीलाई पनि निलम्बन गर्नुपर्ने माग राखी प्रदर्शन गरेको मैनालीले बताए। मैनालिका अनुसार निजगढ नगरपालिका ६ का ट्रक चालक मुकुन्द पोखरेलको बीरगंजस्थित नारायणी अस्पतालमा आईसियुमा गम्भीर अवस्थामा उपचार भैरहेको छ।
उता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दामोदर केसिले भने घटना हुने बितिक्कै प्रहरीले चालकको उद्वार गरि अस्पताल लैजान सहयोग गरेको बताएका छन्।चालकमाथी स्थानियको आक्रमण नरोकिएपछि ४ राउण्ड हवाई फायर गरि स्थितिलाई नियन्त्रणमा लिनुपरेको समेत डिएसपी केसिले समाचार क्लवलाई बताए।
शुक्रबार ना ५१ प ४९४१ नम्बरको मोटरसाईकलमा सवार फतुवा बिजयपुर १ घुसकपुरका उमेश यादबको ना ५ ख ३४५१ नम्बरको ट्रकसँगको ठक्करमा परि मृत्यु भएको थियो।उक्त घटना हुने बितिक्कै सन्तपुरका स्थानियले ट्रक चालकलाई लखेटी लखेटी भाँटा र लठ्ठिले मरणासन्न हुनेगरि कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत बाहिरीएको थियो।

तस्विर:खड्गराज मैनालिको फेसबुकबाट



