भदौ ३१,हेटौंडा । मकवानपुरको छुट्टाछुट्टै ठाँउमा दुईवटा शव फेला परेका छन् । जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्बर–८ र बागमती गाउँपालिका वडा नम्बर–४ पाँचपाण्डमा वेवारीसे शव फेला परेको हो ।
नाम, वतन नखुलेका दुईवटा वेवारिसे शव स्थानीयले देखेर प्रहरीलाई खवर गरेका थिए । भीमफेदी ८ मा रहेको माण्डु हाईड्रोेपावरको ड्याममा सनाखत नभएको अन्दाजी ४० वर्षका र पाँचपाण्डवमा मागिखाई हिड्ने अन्दाजी बर्ष ५५ को पुरुषको शव फेला परेको प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । भीमफेदीको माण्डु हाइड्रोपावरमा निरन्तर रुपमा वेवारीसे शवहरु फेला पर्ने गरेका छन् । त्यहाँ पछिल्लो केही महिनाको अन्तरालमा आधा दर्जन भन्दा बडी शवहरु फेला परीसकेका छन्। मकवानपुर प्रहरीले काठमाण्डौं उपत्यका क्षेत्रबाट शवहरु बगाएर यहाँ ल्याएको हुनसक्ने अनुमान गरेको छ ।



