भदौ ३१, काठमाडौं । सरकारले आन्दोलरत नेपाल चिकित्सक संघसँग वार्ता गर्न वार्ता टोली गठन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रालयका अतिरिक्त सचिव डा.विकास देवकोटाको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति गठन गरेको मन्त्रालयका सहसचिव तुलसीनाथ गौतमले जानकारी दिए । समितिको सदस्यमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय र स्वास्थ्य मन्त्रालयका सहसचिव सदस्य रहने गरी पाँच सदस्यीय वार्ता समिति गठन गरिएको छ ।
समितिले अहिले नै वार्ताका लागि चिकित्सकलाई आव्हानसमेत गरिसकेको छ । चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनरत चिकीत्सक संघले आज देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा बन्द गरेको छ ।



