भदौ ३१, हेटौँडा । मकवानपुरको हेटौँडाबाट ठुलो परिणाममा गााँजा बरामद भएको छ । सशस्त्र प्रहरीको हेटौँडा औधोगिक क्षेत्रको टोलीले आईतबार बिहान सांढे ४ बजे एन एल ०१ एसी २१४४ नंबरको मालबाहक भारतीय ट्रकबाट लागुऔषध गाँजा ९ सय १९ किलो बरामद गरेको हो ।पर्वसचनाका आधारमा बसपार्कमा चेकजांच गर्दा उक्त परीणामको गाँजा यिन्त्रणमा लिन सम्भव भएको शसस्त्र प्रहरीका एसपी अनिल कार्कीले बताए। गाँजा सहित दुईजना भारतीय नागरिक पनि पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बलरामपुर विर्तापुर निवासी चालक करिब ४५ वर्षका दुलारे यादब र सहचालक योगेश बर्मा रहेका छन् ।


बरामद भएको ट्रकको भित्री भागमा फल्स बटन बनाएर गाँजा राखि पुनः वेल्डीङ गरेर लुकाएर ल्याएको अवस्थामा गाँजा बरामद गरिएको एसपी कार्कीले बताए । भारतबाट मकै लिएर चितवनमा अनलोड गरि चितवनको खुरखुरेबाट गाँजा लोड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी कार्कीको भनाई छ ।
बरामद गाँजा नेपाल प्रहरीलाई ह्याण्डओभर गर्ने प्रक्रिया थालिएको र थप अनुसन्धानको प्रक्रिया अघि बढाईएकोे पनि कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय