असोज १,हेटौंडा । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा मकवानपुरको हेटौंडामा खुल्ला तीज गीत प्रतियोगिता शुरु हुँदैछ।हेटौंडा एफएम र नेशनल गोल्ड टेलिभिजनको संयुक्त आयोजनामा हेटौंडा ४ स्थित पशुपति मन्दिर परिसरमा प्रतियोगिता शुरु भएको हो।

कार्यक्रमको बागमती प्रदेशकी सामाजिक विकाश मन्त्री कुमारी मोक्तानले उद्घाटन गरेकी छन्।सो अवसरमा बोल्दै मन्त्री मोक्तानले तीजलाइ भड्किलो बनाउन नहुने बिचार राखिन्।”संस्कृतिको जगेर्ना गर्नुपर्छ,पुजाआजा गर्नुपर्छ म यसलाई सम्मान गर्छु।तर दरको नाममा महिनौं देखि भड्किलो रुपमा तीज मनाउनु हुँदैन,”मन्त्री मोक्तानले भनिन्।

मन्त्री मोक्तानले ब्रतको नाममा पानीसमेत नखाई व्रत नबस्न पनि आग्रह गरिन्।स्वास्थ्यलाई मध्यनजर गरेर व्रत बस्नुपर्नेमा उनले जोड दिईन्।

कार्यक्रममा हेटौंडा एफएमका प्रबन्ध निर्देशक उज्ज्वल चौँलागाईले एफएमले हरितालिका तीजको अवसरमा १५ वर्षदेखी लगातार यस्ता कार्यक्रम आयोजना गरेर प्रतिभाहरुको सम्मान गरिरहेको बताए।

प्रतियोगितामा विभिन्न समूहरुले भाग लिएका छन्। सहभागी समूहमध्ये प्रथम हुनेलाई नगद १५ हजार,द्वितीय समूहलाई नगद १० हजार र तृतीय हुने समूहलाई नगद ५ हजार तथा उत्कृष्ट नृत्य गर्ने एकजनालाई चाँदिको पाउजु उपहारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ।

हेटौंडा एफएमका अध्यक्ष गणेश भेटवालको अध्यक्षतामा शुरु कार्यक्रममा बागमती प्रदेश सांसद एकालाल श्रेष्ठ ,बागमती प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौँलागाई,हेटौंडा उपमहानगर पालिका वडा नं ११ कि वडाध्यक्ष जुना दाहाल लगायतको उपस्थिति छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय