असोज २,निजगढ । बाराको निजगढमा सुनको सिक्री चोरेर भाग्दै गरेको अवस्थामा एक जना पक्राउ परेका छन् । निजगढमा लाग्ने आईतबारे हाट बजारमा किनमेल गर्न आएकी निजगढ ९ लच्काकी दिलकुमारी मोक्तानको घाटीको १ तोलाको सुनको सिक्री लुछेर भाग्दै गरेका वीरगञ्ज महानगरपालिका ३२ टेडा घर भएका अन्दाजी १८ वर्षका विकास राय यादबलाई स्थानियले समातेर निजगढ प्रहरीलाई बुझाएका हुन् ।
यादबलाई सिक्री चोरेर भाग्दै गरेको अवस्थामा स्थानीय र हाट बजार भर्न आएका मानिसहरुको मद्दतमा समात्न सफल भएको मोक्तानले बताईन् ।
केही हप्ता अगाडि कृष्ण अष्टमीको दिन निजगढ ७ न्यौपाने टोलकी गिता माझीको पनि हाट बजार बाटै सुनको सिक्री चोरी भएको थियो ।



