असोज २,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका बाट बिदेशी मुद्रा सहित एक जना भारतीय नागरीक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार पुर्वी चम्पारन पलङवा थाना पसौना वडा नम्बर–९ बस्ने ४० वर्षिय रम्भु दास छन् ।
उनीबाट प्रहरीले २३ लाख ३८ हजार ५ सय नेपाली रुपैयाँ बराबरको युरो, जापानीयेन र साउदी रीयाल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सोमबार हेटौंडाबाट बीरगंज तर्फ जादै गरेको मधेश प्रदेश ०३–००१ ज ३६४ नम्बरको ईलोक्ट्रोनिक माईक्रो गाडी चेक जाँच गर्ने क्रममा माईक्रोमा सवार दासलाई रातोमाटे प्रहरी चेकपोष्टबाट बिदेशी मुद्रा सहित पक्राउ गरीएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय