असोज २,हेटौंडा । हेटौंडामा आगामी असोज १३ गते “मिस्टर मकवानपुर २०८०” हुने भएको छ । नेपाल शारीरिक सुगठन तथा फिटनेस् महासंघ मकवानपुरको आयोजनामा हुन गइरहेको प्रतियोगितामा सहभागी हुन चाहनेहरुले यही असोज १० गते भित्र फाराम भरी सहभागी हुनसक्ने महासंघ मकवानपुरले जनाएको छ ।
महासंघ मकवानपुरका अध्यक्ष राजेश भेट्वालको अध्यक्षतामा सोमबार बसेको बैठकले सहभागीहुन ईच्छुक खेलीडीहरुले जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यलयमा कार्यलय समय भित्र फारम भर्न आग्रह गरेको छ ।
प्रतियोगितामा सहभागी हुने खेलाडी मकवानपुरको स्थायीबासी हुनुपर्ने, नागरिकता अन्य जिल्लाको भएका खण्डमा बसाईसरी आएको प्रमाणपत्र वा हाल बसोबास गरेको सम्बन्धीत वडा कार्यलयबाट घर नम्बर वा जग्गा कित्ता नम्बर सहितको सिफारीस पत्र उपल्बध गराई सहभागी हुन पाउने पनि महासंघले जनाएको छ । प्रतियोगितामा मिस्टर मकवानपुर,बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप,मिस्टर मकवानपुर भेट्रान्स गरी तीन विधाका खेलहरुमा प्रतिस्पर्धा हुनेछ । मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७० र ७५ केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिला खेलाडीहरुलाई शारीरिक सुगठन तर्फ आर्कषण गराउन बेष्ट फिजिक्स वुमन च्याम्पियनसिप विधा अन्र्तगत खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराइने छ ।
यस्तै मिस्टर मकवानपुर भेट्रान्स विधा अन्तरगत पनि खुल्ला तौल समुहमा प्रतिस्पर्धा गराइने अध्यक्ष भेटवालले बताए । प्रतियोगितामा महिला खेलाडीहरुलाई शारीरिक सुगठन तर्फ आर्कषण गराउन, युवाहरुलाई शारीरिक सुगठन र स्वास्थ्य तर्फ सचेत गराउन तथा भेट्रान्सहरुलाई शारिरिक सुगठन अनि स्वास्थ्यप्रति सचेत र प्रतिबद्ध बनाउन महासंघ मकवानपुरले कार्यक्रम आयोजना गरेको अध्यक्ष भेटवालले बताए ।
राष्ट्रिय निर्णायकहरुबाट निर्णय हुने प्रतियोगितामा खेलाडी बढी भन्दा सहभागी गराउने क्लबलाई जिल्लाकै अनुशासित एवं उत्कृष्ठ शारीरिक सुगठन केन्द्र घोाषणा गर्ने र नगद सहित सम्मान गरिने पनि जनाइएको छ ।
मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक सनिल लोप्चनले बताए । प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ट तथा अनुशासित क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद सहित सम्मान गरिने उनले बताए । साथै पुराना खेलाडी र खेलको प्रवद्र्दन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गरिने बताइएको छ । कार्यक्रम असोज १३ गते हेटौंडा २ स्थित पल्पसा हलमा अपरान्ह ४ बजे देखि मनोरञ्जनात्मक सास्कृतिक कार्यक्रम सहित हुने जनाइएको छ । कार्यक्रममा दर्शकहरुका लागि निशुल्क प्रवेशको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय