असोज २ ,हेटौंडा । रुपन्देहीमा युवाहरुबिच भएको कुटाकुटमा मकवानपुरका एक युवाको ज्यान गएको छ । जिल्लाको तिलोत्तमा नगरपालिका–९ केउलानीमा गएराती भएको कुटपिटबाट हेटौँडाका २४ वर्षीय सुरेश स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयल रुपन्देहीले जनाएको हो।
जिल्ला प्रहरी कार्यलयलका अनुसार दुई समूहबीच झडप भएको थियो । झडपमा परी तीन जना घाइते भएका छन् । प्रहरीले आठ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । उनीहरुको मेडिकल कलेजमा उपचार भइरहको पपिन प्रहरीले जानकारी दिएको छ ।



