असोज ३,बारा। बाराको कलैयामा मोटरसाइकल दूर्घटना हुँदा एक युवाको घटनास्थलमै मृत्यु भएको छ। कलैया-बीरगंज सडकखण्डको भलुही चोकमा बुधबार साँझ साँढे ६ बजे तिर भएको दूर्घटनामा कलैया उपमहानगरपालिका- २३ का ३३ वर्षिय श्रीभगवान पटेलको घटनास्थलमै ज्यान गएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए। पटेल मधेश प्रदेश—२—३—०१७ प ९७५० को मोटरसाईकलमा सवार थिए ।
प्रवक्ता न्यौपानेका अनुसार पटेलको दूर्घटनामा परि दाहिने हात नै चुँडिएको छ।दूर्घटना के कसरी भएको हो भन्ने बिषयमा अनुसन्धान भैरहेको उनले बताए।यद्धपी पटेलको तिब्र गतीका कारण दूरघटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।



