असोज ४,बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका –१४ स्थित दुधौरा खोलाबाट अवैधरुपमा बालुवा उत्खनन गरिरहेको ४ वटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार खोलामा बालुवा लोड गरिरहेको अवस्थामा प्रहरीले ना.६.त.४७६६, ना.७.त.१७२३, ना ७ त ३९१८ र ना ४ त ५७५९ नम्बरको ट्रयाक्टर नियन्त्रणमा लिइएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।
नियन्त्रणमा लिइएको ट्रयाक्टरलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय, निजगढमा राखिएको छ । पछिल्लो समय बाराका खोलाहरुबाट अवैध रुपमा बालुवा उत्खनन भइरहेको स्थानियले बताएका छन् ।



