असोज ५,निजगढ ।बाराको निजगढ नगरपालिका वडा नं १२ स्थित थलिमा पूर्ण अपांगता भएकी एक बालिकामाथी बलात्कार भएको छ।जन्मजात अपांगता भएकी ११ वर्षिया बालिका शुक्रबार अपरान्ह घरमै बलात्कृत भएकी हुन्। स्थानीय निकेश तिमल्सिनाका अनुसार जन्मजात अपांगता भएकी बालिका बोल्न,हिँडडुल गर्न नसक्ने अवस्थाकी थिईन्।”घरमा कोहि नभएको अवस्थामा बालिकामाथी बलात्कार भएको रहेछ, उनले भने।”बालिकाको आमा अपरान्ह ५ बजे तिर घरमा आईपुग्दा छोरी छटपटाईरहेको देखेपछि घटनाको बारे थाहा भएको रहेछ ,त्यसपछी हामिले प्रहरीलाई जानकारी गरायौँ,बालिका रगतपक्ष अवस्थामा थिईन”।

अहिले बालिकालाई उपचारका लागि जिल्ला अस्पताल कलैया पठाईएको छ। ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठका अनुसार पिडित परिवारले मौखिकरुपमा शंकास्पद आरोपिका बारे बताएका छन्।शंकास्पद आरोपी माथी सूक्ष्म अनुसन्धान भैरहेको निरीक्षक श्रेष्ठले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय