असोज ६,निजगढ ।११ वर्षिया अपांग बालिका बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा बारा जिल्ला निजगढ नगरपालिका वडा नं १२ का ६० वर्षिय राना साँईला भनिने सोमबहादुर लुङ्गबा रहेका निजगढ प्रहरीले जनाएको छ।लुङ्बालाई रतनपुर अस्थायी प्रहरी पोष्टबाट खटिगएको प्रहरी टोलिले शुक्रवार राति उनकै घरबाट पक्राउ गरेको हो।
नगरपालिकाको वडा नं १२ स्थित थलीमा शुक्रबार अपरान्ह पूर्ण अपांगता भएकि ११ वर्षीया नाबालिका माथी बलात्कार भएको थियो।जन्मजात बोल्न,हिंडडुल गर्न नसक्ने बालिका घरमै बलात्कृत अवस्थामा फेला परेपछी पिडित परिवारले लुङ्बालाई शंकाको घेरामा राखेका थिए।घटनाको सम्बन्धमा थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।



