असोज ६ , बारा। बाराबाट प्रहरीले मोटरसाइकलको ट्यांकीमा लुकाएर गाँजा तस्करी गर्ने दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले दुबैजनालाई जिल्लाको जितपुर–सिमरा उपमहानगरपालिका–२१ अमलेखगंजबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १० मटिअर्वा बस्ने वर्ष २५ का रञ्जितप्रसाद चौरसिया र जितपुरसिमरा–३ छटिमाई बस्ने वर्ष ३४ को मकसुधन राउत बरै रहेको बाराका प्रहरी प्रवक्ता एवं डिएसपी दधिराम न्यौपानेले बताए ।
पक्राउ परेका दुबैजनाको साथबाट ४÷४ किलो गरी जम्मा ८ केजी गाँजा बरामद भएको डिएसपी न्यौपानेले बताए । प्रहरीले उनिहरुबाट ना.२५.प.५८१४ र प्रदेश ३–०२–००६.प.२३९ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको छ । पक्राउ परेका हरुमाथी हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



