असोज ६, काठमाडौं । चतुरबहादुर चन्द नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा पुनः निर्वाचित भएका छन् । आज भएको निर्वाचन प्रक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।
क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि पनि कोषाध्यक्ष थिए । यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । खड्का भने पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन् ।
अध्यक्षमा सर्वसम्मत भएपछि चतुरबहादुर चन्दले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय