असोज ७,हेटौंडा । मकवानपुर प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीको बरहथवा नगरपालिका–३, मुर्तियाका ३८ वर्षीय दुर्गाबहादुर स्याङतान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
शुक्रबार राति हेटौंडा–१०, टिसिएन रोड बस्ने अशोककुमार सिंहले आफ्नै घर अगाडि पार्किङ गरी राखेको बा. प्र. ०३–००१ प ३४५९ नम्बरको मोटरसाइकल चोरी भएको भनी जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
शनिबार राति ८ बजे हेटौंडा–१५, रातोमाटे चेकपोष्टमा सुरक्षाजाँच गर्ने क्रममा उक्त मोटरसाइकलसहित स्याङ्तानलाई नियन्त्रणमा लिईएको हो । उनलाई थप कारबाही तथा अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।



