असोज ८,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० बसपार्कमा घण्टाघर निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा घण्टाघर निर्माण गर्न लागिएको हो । हेटौंडा–१० नम्बर वडा कार्यालयले चालु आर्थिक वर्षबाट घण्टाघर निर्माण गर्न लागेको वडा अध्यक्ष फुर्बा दोर्जे लामाले बताउनुभयो । घण्टाघरसहीत सूचना केन्द्र पनि निर्माण गरिन लागेको वडा अध्यक्ष लामाले बताए। “ घण्टाघर भित्र छिरेपछी सूचना केन्द्र निर्माण हुन्छ, जहाँ हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको सबै पर्यटकिय क्षेत्रको सूचना एकै स्थानबाट दिने तयारी छ, । यसबाट धेरैले पर्यटकिय क्षेत्रको सूचना लिने छन्, र ती स्थानमा जानका लागि पर्यटकलाई सहज हुने बनाउने छौं’ अध्यक्ष लामाले भने । बहुवर्षिय योजना अन्तरगत चालु आर्थिक वर्षमा काम सुरु गर्न डिपिआर समेत तयार भइसकेको उनले बताए ।



