असोज ८,धनगढी । कञ्चनपुरको बेलौरी नगरपालिकाका एक वडाध्यक्ष रुख काटेको आरोपमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बेलौरी नगरपालिका ६ का वडाध्यक्ष भोजराज चौधरी रहेका छन् । उनलाई झाडी सफाइका नाममा अवैध तरिकाले रुख काटेको आरोपमा पक्राउ गरीएको डिभिजन वन कार्यालय कञ्चनपुरले जनाएको छ ।
वन कार्यालयका अनुसार, उनमाथि भन्सार क्षेत्रमा रुख काटेर तस्करी गरेको आरोप छ । वडाध्यक्ष चौधरीलाई आइतबार महेन्द्रनगर क्षेत्रबाट पक्राउ गरेर वनको हिरासतमा राखिएको छ ।



