असोज ८, काठमाडौं । माल्दिभ्सलाई हराउँदै नेपाल यु–१९ साफ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ। सोमबार दशरथ रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ४–१ अन्तर गोलको शानदार विजय हात पारेको हो।
नेपालले पहिलो हाफमै २–० गोलको अग्रता लिएको थियो। नेपालका लागि प्रशान्त लक्समले १७औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। त्यसपछि समीर तामाङले ३० मिनेटमा नेपालको अग्रता दोब्बर पारेका थिए।
५८औं मिनेटमा माल्दिभ्सले एक गोल फर्काउँदै नतिजालाई २–१ बनाएको थियो। ८८औं मिनेटमा निराजन धामीले तेस्रो गोल गर्दा अतिरिक्त समयमा समीरले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई विजयी बनाएका थिए । अब नेपालले भारत–भुटानबीचको विजेतासँग सेमिफाइनल खेल्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय