असोज ८,ओखलढुंगा । ओखलढुंगामा अरिंगालले टोकेर एक जनाको मृत्यु भएको छ। अरिंगालको टोकाईबाट मानेभञ्ज्याङ गाउँपालिका–५ ओखरबोटका ५९ वर्षीय भुवनसिं मगरको मृत्यु भएको हो।
सोमबार बिहान करिब ११ बजे आफ्नो घरछेउको काभ्राको रुखमा रहेको अरिंगालको गोला झिक्न रुख चढ्ने क्रममा मगरलाई अरिंगालको गोलैले टोकेको थियो।
टोकाइबाट गम्भीर गम्भीर घाइते भएका उनको सामुदायिक अस्पताल ओखलढुंगामा उपचारका क्रममा दिउँसो २ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय