असोज ८,वीरगंज । पर्साको जिराभवानी गाउँपालिका–१, गम्हरीयास्थित चमरी पुल नजिकबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध चरेससहित एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले ६४ वटा पोकामा रहेको ३२ किलोग्राम चरेससहित एक युवकलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्साकै ठोरी गाउँपालिका–४, विजयवस्तीका ३४ वर्षीय क्षेत्रबहादुर श्रेष्ठ रहेका छन्। विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले सुवर्णपुरबाट वीरगंजतर्फ ना ६१ प ९७०० नम्बरको मोटरसाइकलमा सवार भइ आउँदै गरेका श्रेष्ठलाई प्रहरीले चमरी पुल नजिकको सडकमा रोकेर चेकजाँच गरेको थियो। त्यसक्रममा श्रेष्ठ सवार मोटरसाइकलमा लोड गरिएको पहेलो रङको बोरा खानतलाशी गर्दा ६४ वटा पोकामा ५ सय ग्रामको दरले रहेको कूल ३२ केजी चरेस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए।
चरेस र मोटरसाइकलसहित नियन्त्रणमा लिइएका श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धानका भइरहेको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए।



