असोज ८, सिंगौल । बाराको निजगढ नगरपालिका वडा नं २ स्थित अस्थायी प्रहरी चौकी सिंगौलका ईन्चार्ज प्रहरी सहायक निरीक्षक नरेन्द्र यादवले ट्याक्टर व्यवसायीहरुले आफुहरुमाथी झुटा आरोप लगाएको बताएका छन् । व्यवसायीहरुले मनोमानी ढंगले गिटी बालुवा झिक्न नपाएपछि आफुहरुमाथी झुटा आरोप लगाईएको यादवको जिकीर छ । “केही ट्याक्टरहरुले रातको समयमा गिटी बालुवा चोरी गरी डम्पिङ्ग गर्न थालेपछि हामीले राती पनी कडा ड्युटी गरयौं,उनिहरुले चोर्न पाएनन्।त्यसैले हामीमाथी आरोप लगाए” यादवले भने। सिंगौलमा दुई दर्जन भन्दा बढी ट्याक्टर व्यवसायीहरु छन् । तर चोर्न नपाउने ७, ८ ओटा ट्याक्टरहरुले मात्र बिरोध गरी प्रहरीको बद्नाम गरेको प्रसनी यादवको दावी छ । हामीले व्यवसायीहरुसँग घुस मागेको प्रमाणित भए जस्तोसुकै कारवाही भोग्न तयार रहेको समाचार क्लबसँगको कुराकानीको क्रममा यादवले बताए ।
सिँगौलका ट्याक्टर व्यवसायीहरुले प्रहरीले आफुहरुसँग ट्याक्टर खोलामा लगे बापत प्रति ट्याक्टर ५सय देखि १ हजार सम्म घुस माग्ने गरेको आरोप लगाउदै आईतबार खाली ट्याक्टर लगेर नगरपालिका घेराउ गरेका थिए । सो क्रममा उनिहरुले निजगढ नगरपालिकासँंग घरायसी प्रयोजनको लागि खोलाबाट बालुवा निकाल्न पाउनुपर्ने माग समेत राखेका थिए ।
सिंगौलबाट एक दर्जनको संख्यामा खाली ट्याक्टरसहित नगरपालकिा पुगेका व्यवसायीहरुले धन्सार खोलाबाट बालुवा निकाल्ने क्रममा आफूहरुलाई सिंगौलका प्रहरीले रकम मागेर दुख दिने गरेको गुनासो गरेका थिए । उनिहरुले निजगढको क्रसर उद्योगबाट खरिद गरेर लगेको गिटी बालुवामा पनि सिंगौलका प्रहरीले पैसा मागेर दुख दिने गरेको आरोप लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय