असोज २२,हेटौंडा। मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानले हेटौंडा अस्पतालमा मनोचिकित्सा वार्ड संचालनमा ल्याउने भएको छ । प्रतिष्ठानले विश्व मानसिक स्वास्थ्य दिवसको अवसर पारेर भोलि मंगलबार २५ शैय्याको मनोचिकित्सा वार्डको उद्घाटन गर्ने आाज आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराएको हो । हेटौंडामा संचालित मानव सेवा आश्रममा पनी मंगलबार देखी नै ३० शैय्या क्षमताको मानसिक स्वास्थ्य पुर्नस्थापना केन्द्र संचालन हुने प्रतिष्ठानका शिक्षाध्यक्ष डा.सुरेन्द्र शेरचनले जानकारी दिए ।
उनले अस्पतालमा सेवा सुचारु पछि प्रतिष्ठानले मकवानपुरका सबै स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई मनोसामाजिक तथा मानसिक स्वास्थ्य सम्बन्धी पर्याप्त तालिम प्रदान गरिने बताए । साथै सामूदायिक रुपमा फार्मेसी समेत सञ्चालन गर्दै स्थानीय तहमा महिनाको एक दिन ओपीडि सेवा प्रदान गर्ने प्रतिष्ठानको लक्ष्य रहेको पनी शेरचनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय