असोज २३,हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० स्थित बसपार्कबाट लागुऔषध नाईट्रोभेटसहित एकजना युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका ७ घर बताउने ३२ वर्षीय रञ्जित चौरसिया रहेको प्रहरीले जनाएको छ ।
सोमबार राति ११ बजेको समयमा बसपार्क क्षेत्रमा पैदल हिँडिरहेका चौरसियालाई शंका लागेर चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नाईट्रोभेट ३९ वटा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको हो ।। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय