असोज २३ कलैया। राष्ट्रिय स्वतन्त्र पार्टीका बारा जिल्ला संयोजक चन्दन स्वर्णकारले ईजरायलका लागि नेपाली राजदूत कान्ता रिजालको बर्खास्तीको माग गरेका छन्। रास्वपा बाराले मंगलबार सदरमुकाम कलैयामा ईजरायल आक्रमणमा परि ज्यान गुमाएका नेपालीहरुप्रती आयोजना गरेको श्रद्धाञ्जलीसभामा बोल्दै संयोजक स्वर्णकारले सरकारसँग राजदूत रिजालको बर्खास्तीको माग गरेका हुन्।
स्वर्णकारले ईजरायलमा संकटमा फसेका नेपालीहरुप्रती दुतावासले वेवास्ता गरेको आरोप लगाएका छन्।युद्धग्रस्त क्षेत्रमा रहेका नेपालीहरुले दुतावासबाट पाउनुपर्ने उचित सहयोग नपाएको उनले बताएका हुन्। ‘दलगत भागवण्डामा नियुक्त भएकी राजदुत रिजालले संकटमा फसेका नेपालीहरुको उद्दारमा उचित समन्वय गर्न सकिनन् , मन्त्रीपरिषदको बैठक बोलाई उनलाई अविलम्ब बर्खास्त गर्न जोडदार माग गर्दछु ।’ स्वर्णकारले सरकारविरुद्ध आक्रोश पोखेका छन्। साथै उनले इजरायलमा भएको आतंकबादी हमलामा ज्यान गुमाएका निर्दोष नेपाली नागरिकको शव तत्काल नेपाल ल्याउन तथा घाइते नेपालीहरुको सम्पुर्ण उपचार निशुल्क गराउन पनि सरकारसँग माग गरेका छन्।

ईजरायल आक्रमणमा मारिएका नेपालीहरु प्रती रास्वपा बाराले सदरमुकाम बारामा गरेको श्रद्धाञ्जलीसभा।

शनिबार प्यालेस्टायनी कट्टरपन्थी समूह हमासले ईजरायलमा गरेको आकस्मिक आक्रमणमा परि १० जना नेपालीले ज्यान गुमाएका छन् भने ४ नेपाली गम्भीर घाईते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय