असोज २३,हेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० कर्रामा क्रेनले किच्दा एक जनाको मृत्यु भएको छ । प्रदेश २–०३००१ क २०२४ नम्बरको क्रेनले किच्दा सोही क्रेनको सहचालक पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.३० बस्ने २८ बर्षीय सानबाबु पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मंगलबार दिउँसो १ बजेर ४५ मिनेटमा क्रेन ब्याक गर्ने क्रममा किच्दा पासवान गम्भीर घाइते भएका थिए । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा दिउँसो २ बजेर ४० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । क्रेन चालकलाई नियन्त्रणमा लिई थप अनुसम्धान गरीरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन् ।



