असोज २४,हेटौंडा। मकवानपुरको हेटौंडामा आउँंदो असोज २७ गते शनिबार दोस्रो संस्करणको साइकल रन प्रतियोगिता हुने भएको छ । वडा दशैँ, शुभ दिपावली तथा छट पर्वको अवसरमा हेटौंडा उपमहानगरपालिकाको आयोजना र मकवानपुर जिल्ला साईक्लिङ्ग संघको समन्वयमा उक्त प्रतियोगिता हुने भएको हो ।
२५ किलोमिटरको दूरी पार गर्नुपर्ने प्रतियोगितामा १६ वर्ष पूरा भई ६० वर्ष उमेर समूहका नागरिकले सहभागिता जनाउन पाउने संघका अध्यक्ष संगीत श्रेष्ठले जानकारी दिए । उनका अनुसार प्रतियोगिता असोज २७ गते बिहान ७ बजे हेटौंडा–४ हुप्रचौरबाट सुरु हुनेछ ।
प्रतियोगितामा प्रथम हुनेले ५० हजार रुपैयाँ, द्वितीय हुनेले ३० हजार रुपैयाँ र तृतीय हुनेले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । साथै प्रोत्साहन पुरस्कार स्वरुप दुई जनालाई १०–१० हजार रुपैयाँ प्रदान गरिने संघका अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय