असोज २३, भरतपुर। उन्नाइस वर्षअघि आफन्तको हत्या गरेर फरार भएका व्यक्ति साधुको भेषमा पक्राउ परेका छन्। २०६१ मंसिर १४ गते राती भरतपुरमा सौतेनी हजुरआमा नाता पर्ने ६५ वर्षीया मनकुमारीको हत्या गरेर फरार भएका ४३ वर्षीय तोयानाथ चापागाईंलाई प्रहरीले नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) बाट पक्राउ गरेको हो।
तोयानाथले भरतपुर–७ कृष्णपुर घर भएकी मनकुमारी वाग्लेको हत्या गरेको जाहेरी प्रहरीमा थियो। मनकुमारी तोयानाथकी सौतेनी आमाकी आमा हुन्। मृतक मनकुमारीकी बुहारी सुमित्रा वाग्लेले प्रहरीमा दिएको किटानी जाहेरीअनुसार तोयानाथ बेला–बेलामा उनीहरूको घरमा गइरहन्थे। तोयानाथले घरमा एक नाबालक मात्रै रहेको मौका छोपेर मनकुमारीको हत्या गरी कानमा लगाएको सुनको मारवाडी लिएर भागेका थिए। सुमित्राले घटनाको भोलिपल्ट प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
तोयानाथको खोजीमा महत्वपूर्ण भूमिका खेलेका एक प्रहरी अधिकारीका अनुसार तोयानाथ प्रहरीबाट जोगिन लामो समयदेखि साधुको भेषमा नेपाल र भारतका मन्दिर तथा सहर पुगेका थिए।
साधुको भेषमा हिँडेको सूचनाको आधारमा तोयानाथलाई प्रहरीले खोजी गरीरहेको थियो।
बागमती प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम), इलाका प्रहरी कार्यालय बर्दघाटको सहयोगमा सोमबार अपराह्न तोयानाथलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय