असोज २४दमक। झापाको भद्रपुरमा बुधबार बिहान एउटा जंगली हात्ती मृत फेला परेको छ । भद्रपुर–२ स्थित कमलधाप रामपोखरी सामुदायिक वन कार्यालय नजिकै गहिरो नालीमा डुबेको अवस्थामा हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए।
स्थानीयले हात्ती मृत देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। हात्ती मृत फेला परेपछि प्रहरी कार्यालय झापाका एसपी दुर्गाराज रेग्मी र डीएसपी रिजाल घटनास्थल पुगेका थिए।
’वयस्क हात्ती चौडाइ कम भएको गहिरो नालीमा फसेको देखियो’, डीएसपी रिजालले भने, ’नालीबाट निस्किन हात्तीले निक्कै प्रयास गरेको देखिन्छ, अगाडिको खुट्टा हिलोपानीमा दबेकोले निस्किन सकेन, र त्यहाँ नै मृत्यु भयो।’ झापामा अहिलेसम्म यो लगायत १८ हात्तीको मृत्यु भइसकेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय