असोज २५ काठमाडौ । मोटरसाइकल चोरीको आरोपमा निजगढका एक युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका वडा नं ७ घर भएका ४० वर्षिय मुन्ना शारु मगर छन्। शारु मगरलाई चोरिको मोटरसाईकलको नम्बर परिवर्तन गरि प्रयोग गरेको अवस्थामा काठमाडौ महानगरपालिका वडा नं ११ भोटेबहालबाट सोमबार पक्राउ गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार शारु मगरले बागमती प्रदेश ०२-०३८प०३२५ नम्बरको कालो र रातो रङ भएको २२० सिसिको पल्सर मोटरसाइकलको नम्बर परिवर्तन गरि लु ९३ प ६७२९ लगाई प्रयोग गरेका थिए।
पक्राउ परेका शारु मगरलाई आवश्यक कार्वाहीका लागि प्रहरी वृत्त स्वयम्भू पठाईएको ट्राफिक प्रहरीले जनाएको छ।



